काठमाडौंको कमलाक्षीमा गण्डकी विकास बैंक
सभाले पारित गरे पश्चात उक्त लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ ।
पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडले काठमाडौंको कमलाक्षीमा शाखा कार्यालय विस्तार गरेको छ ।
यो शाखा समेत गरी बैंकको मुलुक भरी ९२ स्थानमा शाखा सञ्जाल विस्तार भएको छ । न्यू विजनेशएजद्वारा आयोजित सन् २०१९ को Best Managed Development Bank को अवार्डबाट पुरस्कृत विकास बैंकको कुल चुक्तापूँजी रु २ अर्व ७५ करोड रहेको छ भने यहि मंसिर मसान्त सम्ममा कुल निक्षेप रु.३२ अर्व ९७ करोड संकलन गरी रु.२६ अर्व ८६ करोड कर्जा प्रवाह गर्न सफल भएको छ ।
हाल बैंकले मुलुकभरका ९२ शाखा सञ्जाल तथा २७ वटा आफ्नै ATM वाट सेवा प्रदान गर्दै आएको छ । निकट भविश्यमा थप ३ बटा शाखाहरु थपी कुल ९५ वटा शाखा सञ्जालवाट सेवा प्रवाह हुने बैंकले जनाएको छ । बैंकले गत आ.ब.को मुनाफाबाट १७ दशमलब ३२ प्रतिशत नगद लाभांस वितरण गर्न गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती भई सकेको छ भने पौष मसान्तमा सम्पन्न हुन लागेको बाह्रौ वार्षिक साधारण सभाले पारित गरे पश्चात उक्त लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ ।



