नेपाल टेलिकमको लाभांश घोषणा
नेपाल टेलिकमले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना कम्पनीका शेयरधनि हरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
नेपाल टेलिकमले आर्थिक वर्ष २०७९/८० को कम्पनीको मुनाफाबाट शेयरधनीहरूलाई ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल सरकार, अर्थ मन्त्रालय र आगामी साधारणसभाले पारित गरेपछि शेयरधनिहरुले प्राप्त गर्न सक्नेछन्।



