ताशी शेर्पाको अपूर्व आरोहण यात्रा: १५ दिन, ४ चोटि सगरमाथा

विश्व कीर्तिमानी स्वागतमा त्रिभुवन विमानस्थलमा जनसागर

काठमाडौँ । खुम्बुका २९ वर्षीय ताशी ग्याल्जेन शेर्पाले १५ दिनमा चार पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका छन्। उनलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

शुक्रबार बिहान ३:१३ बजे उनले चौथोपटक सगरमाथाको ८,८४८.८६ मिटर अग्लो शिखरमा पुगेर नयाँ इतिहास रचेका थिए।

काठमाडौँस्थित आन्तरिक टर्मिनलमा ताशीलाई स्वागत गर्न उनका परिवार, पर्यटन व्यवसायी, शेर्पा समुदायका सदस्यहरू र प्रशंसकहरू उपस्थित थिए।

प्रतिकृया दिनुहोस्