बिग बास : सन्दीपले लिए २ विकेट

मेल्बर्न : अष्ट्रेलियामा  जारी बिग बास लिग (बीबीएल) क्रिकेटको दोस्रो राउन्ड रोबिनको पहिलो खेलमा सन्दीप लामिछानेले २ विकेट लिएका छन्। सन्दीपले मेल्बर्न रेनेगर्डसविरुद्ध ४ ओभर बलिङ गर्दै ३९ रन खर्चिएर २ विकेट लिएका हुन्। 

सन्दीपले १४ ओभरको तेस्रो बलमा ६३ रन बनाएर खेलिरहेका शौन मार्शलाई क्याच आउट गराए। उक्त ओभरमा उनले १० रन खर्चिए। त्यस्तै आफ्नो अन्तिम ओभरमा बीउ बेवस्टरलाई क्याच आउट नै गराए। 

९औँ ओभरमा पहिलो बलिङ गर्न आएका सन्दीपले ११ रन खर्चिए। त्यसपछि १२औँ ओभरमा पनि विकेटहीन भए। उक्त ओभरमा १२ रन खर्चिए।

अहिले सन्दीप आवद्ध टोली मेल्बर्न स्टार्सले रेनेगर्डसले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको छ। ८औँ ओभरको समाप्तीमा उसले ३ विकेट गुमाएर ६० रन बनाएको छ। 
यसअघि स्टार्सले रेनेगर्डसलाई ८ विकेटले पराजित गरेको थियो।

प्रतिकृया दिनुहोस्